काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित वीरगन्ज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २९ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–२६ गोगंबुस्थित वीरेन्द्र ऐश्वर्य मार्ग नजिक रहेको होटल ब्ल्याक स्टोनमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बलम्बुबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ५०१ मा जुवातास खेलिरहेका उनीहरूलाई नगद ४ लाख २५ हजार रूपैयाँ र २१ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ
पोखरामा जुवातास खेलिरहेका १७ जना पक्राउ
मोरङमा लागुऔषध कारोबारी पक्राउ