चितवन । चितवनमा प्रतिनिधिसभा सदस्यमा तीन सिटका लागि ५८ जनाको उमेदवारी परेको छ । चितवन १ मा २० जनाको उमेदवारी परेको छ ।
एमालेबाट सुरेन्द्र पाण्डे, कांग्रेसबाट विश्वनाथ पौडेल, कांग्रेसबाट बागी राजेन्द्रप्रसाद बुर्लाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा ११ जना र १ (ख)मा नाैजनाको उम्मेदवारी परेको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १८ जनाको उमेदवारी परेको छ । कांग्रेसबाट उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।
प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर २ (क)मा ८ जना र क्षेत्र नं २ (ख)मा १४ जनाको उमेदवारी परेको उनले बताए । क्षेत्र नम्बर ३ मा २० जनाको उम्मेदवारी परेको छ । एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी, कांग्रेसबाट बागी दिनेश कोइराला र कांग्रेसबाट कारबाहीमा परेका जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । राप्रपाबाट विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिता बरालले उमेदवारी दिएकी छन्। प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर ३ (क)मा आठ, क्षेत्र नम्बर ३ (ख) मा नाैजनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका भित्री सडकमा दुर्घटना बढी
चितवनमा कैदीबन्दीको चाप बढेसँगै व्यवस्थापनमा समस्या
चितवनमा भएको बाघचाल प्रतियोगितामा सागर भण्डारी पहिलो
बिभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल चितवनमा
चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा
चितवनमा नवौँ फर्मा एक्स्पो सुरु