एजेन्सी । पहिरोका कारण भेनेजुयलाको लस तेहेरियास बजारका घरहरू बगेका छन् । राजधानी काराकासबाट दक्षिणमा रहेको लस तेहेरियासमा पहिरोले गम्भीर क्षति गरेको हो ।
पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । अरु ५२ जना बेपत्ता भएका छन् । ला निन्ना मौसमी प्रणालीका कारण परेको अविरल वर्षाले पहिरो गएको हो ।
उपराष्ट्रपति डेल्की रोड्रिग्वेजले आइतबार पहिरोका कारण प्रभावित क्षेत्रको अवलोकन गरेकी थिइन् । उद्धारकर्मीले बेपत्ताको खोजी गरिरहेको उनले बताइन् ।
राष्ट्रपति निकोलाश मदुरोले अवस्था ‘कठिन र दुःखदायी’ रहेको उल्लेख गरेका छन् । एल पातो नदीको बाँध फुटेपछि पहिरो गएको हो । पहिरो र बाढीको पानीले बजारका घरहरु बगाएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ असोज २०७९, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा