क्षेत्राधिकार बाहिरको विषयमा प्रधानन्यायाधीशको टिप्पणी

पत्रपत्रिकाबाट

बुधबार, ०६ असार २०७५, ०८ : ३७
क्षेत्राधिकार बाहिरको विषयमा प्रधानन्यायाधीशको टिप्पणी

काठमाडौं  । जिल्ला अदालत काठमाडौंमा विचाराधीन एक मुद्दामा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले क्षेत्राधिकारविपरीत सजायको अधिकतम अवधि किटान गरेको भेटिएको छ ।

पुस २१ मा बरामद भएको साढे ३३ किलो सुन तस्करी प्रकरणसम्बन्धी एक निवेदनमा तत्कालीन प्रधानन्यायाधीश पराजुलीको इजलासले '१० वर्षभन्दा कम सजाय हुने मुद्दा' भनी आदेशमा टिप्पणी गरेको भेटिएको हो ।

जिल्ला अदालतमा विचाराधीन र उसको क्षेत्राधिकारको मुद्दामा अन्य अदालतहरुले कसुर तथा सजायका विषयमा ठहर वा टिप्पणी गर्नु क्षेत्राधिकार बाहिरको विषय हो ।

सुन तस्करीमा मुछिएका रामहरि कार्कीले आफूलाई थुनामा राख्नु गैरकानुनी भनी सर्वोच्चमा दिएको निवेदनमा पराजुलीले गत वर्ष भदौ २१ मा आफ्नै इजलासमा निवेदनको सुनुवाइ गरी सजायको राय किटान गरेका  हुन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस