रामेछाप । खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दसैँको टिका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
बसमा करिब ३० यात्रु सवार थिए । घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभे्रपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो