प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारका लागि कति लाग्छ धरौटी ?

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, ०८ : ३४
प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारका लागि कति लाग्छ धरौटी ?

काठमाडौं । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागि आइतबार प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ ।

राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र उम्मेदवारी दिनका लागि आयोगले धरौटी रकम तोकेको छ । 

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी तोकिएको छ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने निर्वाचन आयोगले  जनाएको छ ।