काठमाडौं । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका केही उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले प्रतिनिधिसभाको ४ सिट पाएको छ, जसमध्ये कैलाली क्षेत्र नम्बर २ मा भगतबहादुर बढवालले टिकट करिवकरिव टुंगिएको छ ।
कैलाली ४ मा कृष्ण चौधरी वा वीरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् । बैतडीको उम्मेदवार टुंगिएको छैन भने कञ्चनपुर १ मा विना मगर उम्मेदवार हुनेछिन् । प्रदेशसभातर्फ बाजुरा कमा कर्णबहादुर विकले टिकट पाएका छन् भने अछाम १ ख र अछाम २ कको उम्मेदवार टुंगो लागेको छैन ।
बझाङ खमा भीम भण्डारीले टिकट पाएका छन् भने डोटीको टुंगिएको छैन । कैलाली ३ को खमा नन्दबहादुर साउदको सम्भावना छ । कैलाली ५ को कमा रमेश धामी उम्मेदवार हुने भएका छन् ।
दार्चुला ख मा मानबहादुर धामी र डडेलधुरा क मा खगराज भट्ट उम्मेदवार हुने छन् । कञ्चनपुर १ कमा कांग्रेसले पनि दाबी गरेका कारण उम्मेदवार टुंगिएको छैन भने २ को कमा टेकेन्द्र भट्टले टिकट पाउने छन् । कैलाली ३ को क र ख दुबैमा माओवादीको दाबी छ, तर भागवण्डा टुंगिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस