काठमाडौं । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका केही उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले प्रतिनिधिसभाको ४ सिट पाएको छ, जसमध्ये कैलाली क्षेत्र नम्बर २ मा भगतबहादुर बढवालले टिकट करिवकरिव टुंगिएको छ ।
कैलाली ४ मा कृष्ण चौधरी वा वीरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् । बैतडीको उम्मेदवार टुंगिएको छैन भने कञ्चनपुर १ मा विना मगर उम्मेदवार हुनेछिन् । प्रदेशसभातर्फ बाजुरा कमा कर्णबहादुर विकले टिकट पाएका छन् भने अछाम १ ख र अछाम २ कको उम्मेदवार टुंगो लागेको छैन ।
बझाङ खमा भीम भण्डारीले टिकट पाएका छन् भने डोटीको टुंगिएको छैन । कैलाली ३ को खमा नन्दबहादुर साउदको सम्भावना छ । कैलाली ५ को कमा रमेश धामी उम्मेदवार हुने भएका छन् ।
दार्चुला ख मा मानबहादुर धामी र डडेलधुरा क मा खगराज भट्ट उम्मेदवार हुने छन् । कञ्चनपुर १ कमा कांग्रेसले पनि दाबी गरेका कारण उम्मेदवार टुंगिएको छैन भने २ को कमा टेकेन्द्र भट्टले टिकट पाउने छन् । कैलाली ३ को क र ख दुबैमा माओवादीको दाबी छ, तर भागवण्डा टुंगिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”