सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ५ वटा पाएको छ । प्रदेश सभाका २४ सिटमध्ये माओवादीको भागमा ९ सिट परेको छ ।
सिट बाँडफाँड टुंगो लगाएसँगै माओवादी केन्द्रले आफना उम्मेद्वाहरुको समेत टुंगो लगाएको हो ।प्रतिनिधिसभातर्फ रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत, कालिकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल लामा (कार्चेन) लाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।
त्यस्तै प्रदेशसभातर्फ रुकुम पश्मिको (क)मा महेन्द्र केसी र (ख) मा राजकुमार शर्मा उम्मेदवार बन्ने छन् । (क) मा भने कांग्रेसले पनि दाबी छ । र दुबै दलका नेताहरुबीच छलफलमा पनि चलिरहेको छ ।
सुर्खेत–१, (ख) मा कृष्णबहादुर जिसी (जितेन्द्र) र २ को (ख) मा बिन्दमान विष्ट उम्मेद्वार बन्ने छन् । दैलेख–२, (ख)मा उपेन्द्रकुमार रावत ‘सुशील’ उम्मेद्वार बन्ने छन् ।
कालिकोटको (क) मा दुर्गा रावत, डोल्पा (ख) मा वीरबहादुर शाही, हुम्ला (क) मा रणसिङ परियार, सल्यान (९) मा भीमप्रकाश शर्मा र मुगुमा ९ख० मा मंगल शाहीलाई माओवादीले उम्मेद्वार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”