एजेन्सी । उत्तर प्रदेशको कानपुरमा ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाटमपुर क्षेत्रमा श्रद्धालु बोकेको ट्रयाक्टरको ट्रली गाउँ नजिकै पानीले भरिएको सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको हो ।
कानपुर जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले पत्रकारहरूलाई भने, ’मृतकमा १४ महिला र बाँकी बालबालिका रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार ट्रयाक्टर ट्रली पल्टिएर सडकको छेउमा पानी भरिएको खाल्डोमा खसेको थियो ।’
यद्यपि दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ । समाचार एजेन्सी पीटीआईका अनुसार उक्त ट्र्याक्टर ट्रलीमा करिब ५० जना सवार थिए । उनीहरू फतेहपुरको चन्द्रिका देवी मन्दिरमा मुन्डन कार्यक्रममा सहभागी भई घाटमपुर फर्किएका थिए । एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै पीटीआईले कम्तीमा १२ जनाको घटनास्थलमै मृत्यु भएको बताएको छ।
राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् र अधिकारीहरूलाई छिटोभन्दा छिटो घटनास्थलमा पुगेर युद्धस्तरमा राहत कार्य गर्न निर्देशन दिएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ असोज २०७९, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु