काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् ।
बडादसैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् ।
व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ । उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ।
हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असोज २०७९, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह
पूर्वपञ्चहरुको ‘लञ्च’ बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको द्विविधा, यसरी भयो छताछुल्ल
राजावादी आन्दोलन सेलाएपछि ज्ञानेन्द्र आफैं सक्रिय, नगरकोट बसेर बनाए यस्तो योजना...
राजावादी आन्दोलनको कमाण्डर फेर्ने तयारीमा पूर्व राजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र