यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, ०८ : १७
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ६८ पैसा र बिक्री दर १३१ रुपैयाँ २८ पैसा रहेको छ।

युरो एकको खरिद दर १२६ रुपैयाँ ७१ पैसा र बिक्री दर १२७ रुपैयाँ २९ पैसा रहेको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४१ रुपैयाँ ७५ पैसा र बिक्री दर १४२ रुपैयाँ ०४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४८ पैसा र बिक्री दर ८४ रुपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ८५ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०३ पैसा र बिक्री दर ९ रुपैयाँ ०७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २९ पैसा र बिक्री दर १८ रुपैयाँ ३८ पैसा रहेको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ७८पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १२ पैसा र बिक्री दर ९ रुपैयाँ १६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस