बारा । सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।अन्दाजी ३÷४ जना व्यक्तिले ३ वटा बोरामा बोकी लगी रहेको उक्त गाँजाका पोकाहरू प्रहरी चौकी अमृतगन्ज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा सय किलो गाँजा बरामद
सुनसरीमा १४८ किलो गाँजासहित एम्बुलेन्स प्रहरीको नियन्त्रणमा
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद
१७६ किलो गाँजा बरामद
मोरङमा ९ सय किलो गाजा बरामद
भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद