चितवन । केहि दिन अघि एमाले प्रवेश गरेको भनिएका चितवन माडीका माओवादी नेताहरू माओवादी केन्द्रमै फर्किएका छन् । उनीहरुले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेट गरी भुलवस एमाले बन्न पुगेको बताउदै माओवादी मै रहने बताएका हुन्।
केहि दिन अघि एमाले प्रवेश गरेको भनिएका माडीका नेता, पार्टीका प्रदेश सदस्य गिरिधारी सुवेदी र युवा नेता सुरेश थापाले अध्यक्ष प्रचण्डलाई भेटी पुनः पार्टीमै फर्किएका हुन्।
माओवादी मै फर्किदै उनीहरुले भने माओवादी केन्द्र र प्रचण्ड न नेपालको समृद्धि र समाजवादी आन्दोलनको नेतृत्व हो हामी भुलवस एमाले बनेका थियो । उक्त पार्टी भन्दा नि राम्रो पार्टी माओवादी केन्द्र भएको महशुस भयो। एमालेमा उकुस मुकुस भएका कारण पुन माओवादी मै फर्केका हौ।
उनीहरुले चितवनको विकास र समृद्धि अध्यक्ष प्रचण्डबाट मात्र सम्भव भएको बताए । साथै, उनीहरुले माओवादी पार्टी र आन्दोलनमा इमान्दारिता पूर्वक लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था