काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ ।
सत्ता गठबन्धनको बुधरबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो । ्जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर ३, कञ्चनपुर २, डडेलधुरा, दार्चुलाकैलाली १, ४, ५, अछाम २, बाजुरा, सुर्खेत १ र २, दैलेख २, मुगु, नवलपरासी पश्चिम २, बर्खिया १ रहेको छ । दैलेख १ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।
यसैगरी चितवन १ र २, गोरखा १, मनाङ, कास्की १, तनहुँ १ र २, स्याङ्जा १ र २, नवलपरासी पूर्व १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी १, पाल्पा १, अर्घाखाँची, रुपन्देही ३,४ र ५, कपिलबस्तु २, ३, दाङ ३ र बाँके ३ निर्वाचन क्षेत्रबाट पनि काँग््रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
यसैगरी पाँचथर, इलाम २, झापा १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ१,२,३ र ६, सुनसरी २,३ र ४, ओखलढुंगा, उदपुर १, सप्तरी ३, ४ सिरहा १,२ धनुषा२, ३ र ४महोत्तरी २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।
यस्तै सर्लाही ४, बारा १, पर्सा३र ४, सिन्धुली १, रसुवा, धादिङ २, नुवाकोट २, काठमाडौं १, १०, ३,४,५,६, भक्तपुर १ र २, ललितपुर १, काभ्रे २ सिन्धुपाल्चोक २ र मकवानपुर १ कांग्रेसले लिने बताइएको छ । जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा ४ मा जसपा, महोत्तरी ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
एमालेसँगको सहमतिमै टेकेर नीति कार्यक्रम आएको काँग्रेसको प्रष्टीकरण