‘एक घर एक धारा’ले फेरियो दैनिकी

रासस

शनिबार, १९ बैशाख २०८३, १६ : १४
‘एक घर एक धारा’ले फेरियो दैनिकी

बागलुङ । भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकको देउराली खानीका सर्वसाधारणले लामो समयपछि सहजै खानेपानी पाएका छन् । 

गाउँमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएपछि स्थानीयलाई सजिलो भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नगरपालिकाको समन्वय र स्थानीय जनसहभागितामा देउराली खानीमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएको छ ।  

योजनाअन्तर्गत देउराली खानीका ३४ घरधुरी लाभान्वित भएका छन् । त्यसबाहेक विद्यालय र खोप क्लिनिक गरी ३६ वटा खानेपानीको धारा निर्माण गरिएको हो । गोर्खा वेलफेयरको रु. ३६ लाख र स्थानीयको रु नौ लाख बराबरको श्रमदान गरी कूल रु. ४५ लाख बजेटमा ‘एक घर, एक धारा’ योजना सम्पन्न गरिएको देउराली खानी माझ गाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वेदबहादुर छन्त्यालले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस