सहकारीकै माध्यामबाट बिश्वमा औद्योगिक क्रान्ति भयो : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

बुधबार, १२ असोज २०७९, १६ : ०४
सहकारीकै माध्यामबाट बिश्वमा औद्योगिक क्रान्ति भयो : उप प्रमुख अधिकारी

चितवन । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले सहकारी कै माध्यामबाट बिश्वमा औद्योगिक क्रान्ति भएको बताएका छन । बिश्वमा जति पनि ठुला ठुला क्रान्तिहरु भएका छन ती सबै सहकारी कै माध्यामबाट भएका छन उप प्रमुख अधिकारीले भने। 

अटो मेकानिकल बचत तथा ऋण सहकारी सस्थाको १० औ बार्षिक साधारणसभालाई आज बुधबार नारायणगढमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले यस्तो बताए।फरक प्रसगमा उहाँले बिना दर्ता बजारमा सन्चालन भएका पसलहरुलाइ छिट्टै दर्ता भइ सन्चालनमा आउन पनि आग्रह गरे । कानुन भन्दा बाहिर जाने छुट कसैलाई पनि नभएको भन्दै उप प्रमुख अधिकारीले मापदण्ड अनुसार आफ्नो ब्यापार ब्यबसाय सन्चालन गर्न सबै ब्यबसायीहरुमा अपिल पनि गरे । पुर्व सुचना दिदा दिदै पनि दर्ता या नवीकरण नगरी ब्यबसाय गर्ने ब्यबसायीहरुलाइ छिट्टै मापदण्डअनुसार काम गर्न  आग्रह गर्द्छु अधिकारीले भने । अटोल्याण्ड निर्माणका लागि महानगर सकारात्मक रहेको भन्दै उप प्रमुख अधिकारीले सहयोग, समन्वय र सहकार्य गर्न महानगर तयार रहेको पनि प्रष्ट पारे । 

उक्त साधारणसभामा सस्थाका सचिब प्रकाश पाठकले आर्थिक बर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन तथा आर्थिक बर्ष २०७९/०८० को प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै सोही साधारणसभामा सस्थाका कोषाध्यक्ष धर्मेन्द्र कुमार सिहले आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन तथा आर्थिक बर्ष २०७९/०८० को अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रमा भरतपुर ३ का वडा अध्यक्ष बिकास थापा, वडा सदस्य राम बहादुर लोहनी, सस्थाका शिक्षा तथा तालिम समितिका सयोजक बलराम भण्डारी,उत्तराखण्ड कृषि सहकारी सस्थाका अध्यक्ष टिकादत्त अधिकारी,अटो मोबाएल बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कृष्ण प्रसाद काफ्ले,  चितवन अटो मेकानिकल ब्यबसायी सघका अध्यक्ष प्रेम प्रसाद पाण्डे लगाएतले शुभकामना मन्तव्य राखेका थिए।  कार्यक्रममा सस्थालाइ सहयोग गर्ने असल कर्मचारीहरुलाइ सम्मान पनि गरिएको थियोे ।
 

प्रतिक्रिया दिनुहोस