यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

पत्रपत्रिकाबाट

मंगलबार, ०५ असार २०७५, ०८ : २६
यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् ।

इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । आजको कान्तिपुर दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

उनी आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसँगै कार्यरत नेपाली महिलाले बताइन् ।

समाचारमा लेखिएको छ, उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस