मन्त्रीको निर्देशन टेरेनन् उद्योगीले

पत्रपत्रिकाबाट

मंगलबार, ०५ असार २०७५, ०७ : ५६
मन्त्रीको निर्देशन टेरेनन् उद्योगीले

काठमाडौं । गत चैतको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई बोलाएर उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिए ।

उद्योगीले पनि चैतको दोस्रो साताबाट रकम भुक्तानी दिने प्रतिबद्धता जनाए । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ । मन्त्री यादवले भुक्तानी नदिए थुन्ने धम्की दिए पनि उखु किसानले अहिलेसम्म रकम भुक्तानी पाएका छैनन् । मन्त्री यादवको निर्देशन बेकामे भएको छ ।

उखु बेचेको सात अर्ब रुपैयाँ रकम चिनी उद्योगीबाट भुक्तानी दिलइदिने व्यवस्था मिलाउन विभिन्न जिल्लाका किसान सिंहदरबार धाइरहेका छन् । महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, नवलपरासीलगायतका जिल्लाका किसानले रकम नपाएका हुन् ।

प्रतिक्रिया दिनुहोस