भारतले जित्यो अष्ट्रेलियासँगको टी-२० आई सिरिज

सफल खबर संवाददाता

सोमबार, १० असोज २०७९, १६ : २२
भारतले जित्यो अष्ट्रेलियासँगको टी-२० आई सिरिज

काठमाडौं । अष्ट्रेलियासँगको टी-२० आई सिरिज भारतले हात पारेको छ । भारतले तीन टी २० आई खेलको सिरिज २–१ जितेको हो ।गएराति सम्पन्न अन्तिम तथा तेस्रो तथा निर्णायक खेलमा भारतले अष्ट्रेलियामाथि ६ विकेटको रोमान्चक जित हात पार्दै सिरिज कब्जा गरेको हो ।

अष्ट्रेलिया दिएको १ सय ८७ रनको विजयी लक्ष्य भारतले १९ दशमलब ५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । जसमा म्यान अफ द म्याच बनेका भारतका सूर्यकुमार यादवले ६९ रनको योगदान गरे ।

यस्तै, विराट कोहलीले ६३ रन जोडे । अष्ट्रेलियाका ड्यानियल साम्सले २, जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट हात पारे । त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । उसका क्यामरन ग्रीनले ५२ र टिम डेविडले ५४ रन जोड्न सफल भए ।

भारतका अक्षर पटेलले ३, भुवनेश्वर कुमार, हर्षल पटेल र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस