काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा अधिकांश संस्थापन पक्षको नाम परेको छ ।
१०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका न्युन मात्रै परेका छन् ।
नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधिको नाम छ । त्यसपछि फरमुल्लाह मन्सुर, जीवन परियार, डा। प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा छन् भने गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।
अम्बिका बस्नेत, प्रतिमा गौतम, सरस्वति अर्याल तिवारी, कान्तिका सैजुवाल, सरस्वती बजीमय, रमा कोइराला पौडेल, लिमा बोख्रिम, समिता खड्की, मिनाकुमारी लामा, सरु लामा, अन्जनी श्रेष्ठको नाम बन्दसूचीमा परेको छ ।
यस्तै सिता कुमारी राना, मधु जवेगु, गोपालमान श्रेष्ठ, तिर्थकुमारी गुरुङ, लाल कुमारी राना, मनोरमा शेरचन, सरस्वति गुरुङ, रेनका काउचा मगर, सपना राजभण्डारी जोशी, गंगा अवाल, मोहन राई, मदनकृष्ण श्रेष्ठ, टेकप्रसाद गुरुङ लगायतको नाम परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै