काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा अधिकांश संस्थापन पक्षको नाम परेको छ ।
१०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका न्युन मात्रै परेका छन् ।
नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधिको नाम छ । त्यसपछि फरमुल्लाह मन्सुर, जीवन परियार, डा। प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा छन् भने गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।
अम्बिका बस्नेत, प्रतिमा गौतम, सरस्वति अर्याल तिवारी, कान्तिका सैजुवाल, सरस्वती बजीमय, रमा कोइराला पौडेल, लिमा बोख्रिम, समिता खड्की, मिनाकुमारी लामा, सरु लामा, अन्जनी श्रेष्ठको नाम बन्दसूचीमा परेको छ ।
यस्तै सिता कुमारी राना, मधु जवेगु, गोपालमान श्रेष्ठ, तिर्थकुमारी गुरुङ, लाल कुमारी राना, मनोरमा शेरचन, सरस्वति गुरुङ, रेनका काउचा मगर, सपना राजभण्डारी जोशी, गंगा अवाल, मोहन राई, मदनकृष्ण श्रेष्ठ, टेकप्रसाद गुरुङ लगायतको नाम परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस