सिराहा । सिरहा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीको भनाइ छ ।
एक जनासँग प्रेस कार्ड फेला परेको र उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ ।उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका-१४ नेमचन चोकबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका-२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र मोटरसाइकल पछाडि सवार ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति-९ मा घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका-२ कल्याणपुर टोलकै ३५ वर्षीय इश्वर खत्री रहेका छन् ।
उनीहरू भारतबाट नेपालतर्फ स. ९ प. ५१० नं. को मोटरसाइकलमा आउँदै गर्दा प्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट नाइट्रोभेट-१० लेखिएको २५ ट्याब्लेट, स्पास्मो प्रोक्सभोन प्लस लेखेको ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ केमप्टी म्याङ्गो पन्च लेखिएको ६०० एमएलको बोतल लागूऔषध र अन्य कागजातहरू बरामद गरेको छ ।
अवैध लागूऔषध, मोटरसाइकल, मोबाइल, एटीएम कार्ड, आईडी कार्ड, नागरिकता, राहदानी, ड्राइभिङ लाइसेन्स र नगदसहित फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ
स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ