एजेन्सी । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी-ट्वान्टी खेल जितेको छ ।
नागपुरमा शुक्रबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो । योसँगै तीन टि २० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।
जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित शर्माले २० बलमा अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए । दिनेश कार्तिकले अविजित १० रन बनाए ।
अष्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनाएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले २० बलमा अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले १५ बलमा ३१ रन बनाए ।
भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिए । तेस्रो तथा अन्तिम खेल आइतबार राजिव गान्धी स्टेडियम हैदराबादमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’