एजेन्सी । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी-ट्वान्टी खेल जितेको छ ।
नागपुरमा शुक्रबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो । योसँगै तीन टि २० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।
जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित शर्माले २० बलमा अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए । दिनेश कार्तिकले अविजित १० रन बनाए ।
अष्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनाएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले २० बलमा अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले १५ बलमा ३१ रन बनाए ।
भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिए । तेस्रो तथा अन्तिम खेल आइतबार राजिव गान्धी स्टेडियम हैदराबादमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा