काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले ७९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि भर्ना खोलेको छ ।प्रहरीको मानव श्रोत विभाग, मानव श्रोत निर्देशनालय भर्ना तथा छनौट शाखा स्वयम्भूले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारीको माग गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह , साधारण उपसमूह र कानुन उपसमूह तर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका गर्न आवेदन माग गरेको जनाएको छ । प्रहरीले कात्तिक ६ गतेसम्म आवेदन फारम भर्ने समय तोकेको छ ।
माग गरिएका मध्ये सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह ७१ जना र कानुन उपसमूहमा ८ जना गरी ७९ जना रहेको छ भने सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूह ८३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असोज २०७९, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध