लिगलिगकोट र पालुङ्टारलाइ जोडेर पर्यटन विकासलाइ अगाडि बढाउनुपर्छ: अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, ०५ असोज २०७९, १७ : ०७
लिगलिगकोट र पालुङ्टारलाइ जोडेर पर्यटन विकासलाइ अगाडि बढाउनुपर्छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण  र समृद्धिको सन्दर्भमा न्याय खोजेको देखिएकोले यसले पूर्णता पाउने बताएका छन् । लिगलिगकोट र पालुङ्टारलाइ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताए ।

पालुङ्टारलाइ आइसिटिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने बताए । सँघीय सरकार र अर्थमन्त्रालयबाट सबै सहयो गर्ने उनले बताए । स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन । उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्ने उनले बताए  ।

नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसका लागि सरकारले बजेट प्रदान गरेको छ, कामलाइ द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु, मन्त्री शर्माले भने ।

देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए  । मध्य पहाडी लोकमार्ग यहि पालुङ्टार भएर अघि बढेको छ। पालुङ्टारले बाहिरबाट आउने वस्तुलाइ विस्थापित गर्ने योजना तय गर्नुपर्ने उनले बताए ।

सघीयता कार्यन्वयनका लागि दलहरु वीच राजनैतिक एकता अपरिहार्य भएकोले मलाइ यो चिन्ह मन परेन, म साँसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन, सँसदको निर्वाचन साँसद बनाउन र मन्त्री बनाउन होइन , परिवर्तन पछि भएको व्यवस्थालाइ कायम राख्न र साम्यवादमा पुग्नका लागि एकता कायम भएको हो उनले भने ।

सँघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियो भनेर भन्न पाउनु सँघीयताको उपल्ब्धी भएको उनले बताए  । सँघीय लोकतान्त्रिक व्यवस्थाको अस्थित्व भनेको राजनैतिक पार्टीहरुको अस्थित्व रहेको उनले बताए । सँघ, प्रदेश र स्थानीय सरकार जनताको सेवक हो शासक होइन ।

सरकारले लिएको नीतिका कारण सरकारका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका छन् । केही तरलताको अभाव अझै कायम छ । यसमा हामीले काम गरिररहेका छौँ । बैँकमा व्याज पाउने उदेश्यले पैसा राखेर उत्पादन नहुने उनले बताए । वैँकले दिने गरेको व्याज घटाउन हामी लागि परेका छौँ ।  सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन हामी लागि परेका छौँ ।

प्रतिक्रिया दिनुहोस