काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचनाभन्दा सामूहिक प्रत्यन आवश्यक रहेको बताएका छन्।राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक प्रत्यनबाट शिक्षामा सुधार हुने बताए।
‘पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन,’ उनले भने, ‘प्राध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा सुधार हुन्छ।’बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए।
विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्राविधिक तथा व्यावसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरूको सुझाव आवश्यक रहेको औंल्याए।
विश्वविद्यालयका आंगिक क्याम्पस शिक्षा विषयमा रुचि नभएकाले भर्ना हुनेको संख्यामा कमी आएको भन्दै व्यवहारमुखी शिक्षा आवश्यक रहेको बताए।विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले वैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने विश्वास व्यक्त गरे।
‘विद्यार्थीले परीक्षा दिएको वर्षदिनसम्म पनि नतिजा आएन भने के हुन्छ? प्रश्न गर्दै उनले भने, ‘अब विभिन्न बहाना हुँदैन, क्यालेन्डर प्रणाली लागू गरौं सबै समयमा हुन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असोज २०७९, १७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन : शिक्षामन्त्री
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
प्रधानमन्त्रीका आईटी सल्लाहकार खुशी पार्न नसक्दा शुरु देखि नै शिक्षामन्त्रीमाथी थियो दबाव
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक