चितवन । भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ। तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ।
यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ।
आर्थिक वर्ष २०७९र८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति तथा कार्यक्रमबमोजिम सैलुन, प्लम्बर, इलेक्ट्रिसियन, ड्राइभिङ र मागमा आधारित ‘मेयर उद्यमशीलता’ तालिम दिन लागिएको हो।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम छ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिएकी छन्। युवाले इच्छा गरेअनुरूप महानगरपालिकाले प्राविधिक तालिम प्रदान गरिने जनाइएको छ।
प्रमुख दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको बताए। महानगरपालिकाले चालु आवमा युवालाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धन गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असोज २०७९, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता