काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज अदालत फर्कने भएका छन्। कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएको स्रोतले जानकारी दिएको छ। ‘म आउँछु, तयारी बढाउनु’ चोलेन्द्रले कामु मुख्य रजिष्ट्रारलाई भनेका थिए।
उनले अदालतमा फर्कनेबारे छलफल गरिरहेका छन्। चोलेन्द्र अदालतमा फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ। महाभियोग सिफारिस समितिले शनिबार राती सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग सिफारिस गर्दै प्रतिवदेन बुझाएको थियो।
तर, चोलेन्द्र आज सर्वोच्च फर्कने सूचना पाएसँगै अदालत अघि सुरक्षा सतर्कता बढाइएको छ। बारका प्रतिनिधिहरु पनि त्यसबारे छलफलमा छन्। बालुवाटारको नीजि निवास समेत नछाडेका चोलेन्द्र अदालत फर्कने तयारी गरेको स्रोतले जानकारी दियो। चोलेन्द्रलाई फर्काउने र नफर्काउने भन्नेबारे सर्वोच्च अदालतमै दुई गुट छन्। यसअघि चोलेन्द्रलाई नमान्ने भन्दै सबै न्यायाधीशले नै बेन्च बहिस्कार गरेका थिए।
केही न्यायाधीश र कर्मचारी भने चोलेन्द्रको पक्षमा छन्। उनले आफू निकटस्थहरुसँग आफू बहिर्गमनका लागि तयार भएको तर अदालतको प्रतिष्ठा जोगाउनका लागि फर्कन लागेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असोज २०७९, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापान लक्षित भाषा परीक्षणसम्बन्धी रिट निवेदन सर्वोच्चबाट अस्वीकृत
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
आधिकारिकताको माग गर्दै देउवा पक्ष सर्वोच्चमा
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै
संसद् पुनः स्थापनाका लागि एमाले सर्वोच्च जाने