काठमाडौं । नेकपा एमालेले सातौं संविधान दिवसको अवसरमा शनिवार काठमाडौंमा पदयात्रा गर्दैछ ।
पदयात्रालाई बानेश्वरबाट अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव शंकर पोखरेल, कुपण्डोलबाट उपाध्यक्ष विष्णु पौडेल, कालिमाटीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, ज्ञानेश्वरबाट उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा तथा नक्सालबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व गर्दैछन् ।
पदयात्रा सहभागी हुने एमालेका नेता, कार्यकर्ता यतिबेला विभिन्न ठाउँमा भेला भइरहेका छन् । पाँचै ठाउँको पदयात्रा शहीद गेटमा भेटेर वसन्तपुर जानेछ । वसन्तपुरमा पदयात्रालाई अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गर्ने एमालेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : एमाले नेता अधिकारी
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम