काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु भएका छन् । सेप्टेम्बर १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुने सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी भएका छन् ।
एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलन विश्वका सय भन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मीहरु एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताए । एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन भएको हो ।
सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ । सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरुको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाहरूको घोषणा, साझेदारहरूसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि पनि हुने डा सापकोटाले बताए ।
सम्मेलनको पहिलो दिन शुक्रवार डा. दिनेश ज्ञवालीले मानसिक स्वास्थ्यको लागि मानार्थ र एकीकृत दृष्टिकोण विषयक कार्यपत्र पेश गरे । यस्तै विमला सापकोटाले महिलामा देखिने स्वास्थ्य समस्या, तिनको रोकथाम र व्यवस्थापन डा सुनिल साह, डा सञ्जय यादवले दिगो मानसिक स्वास्थ्य विकासका लागि बहु–घटक कार्यक्रमहरुको एकीकरण, डा। प्रभात अधिकारी, अवसर र अवरोध, डा. नितेश अर्यालले नेपालमा ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या, ग्रामीण नेपालमा प्रमुख बाल रोग व्यवस्थापन र डा नवराज केसी ग्रामीण क्षेत्रमा बाल रोग र अध्यक्ष कुल आचार्यले पशुपतिनाथमा वृद्धाश्रम र वृद्धाश्रम लगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
तीन दिन सम्म चल्ले सो सम्मेलनको अन्तिम दिन आइतवार सिड्नी घोषणापत्र जारी गरिने गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको विवाद : उपसभापति खड्काद्वारा जनसम्पर्क समितिको धारणा माग
जाजरकोटमा एनआरएनएको स्वास्थ्य शिविर
एनआरएनएको विवाद मिलाउन पाँच पदाधिकारी एक ठाउँमा
राहत लिएर आरके शर्मा नेतृत्वको एनआरएनए भूकम्प प्रभावित क्षेत्रतर्फ
एनआरएनए अध्यक्ष शर्माद्वारा रु १० करोडको राहत कोष बनाउने घोषणा
एनआरएनएले भूकम्प प्रभावितको राहतका लागि तत्काल १० लाख दिने