प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी हुन सकेन : वरिष्ठ उपाध्यक्ष पोखरेल

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, १९ : ३३
प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी हुन सकेन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गरेका छन् । सभामुख अग्नीप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको बफादार कार्यकर्ताको भूमिकामा रहँदा प्रतिनिधिसभाको आफ्नो कार्यकाल प्रभावकारी हुन नसकेको उनको आरोप थियो ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रतिनिधिसभाले आफूले दिनुपर्ने डेलिभरी दिन नसकेको पटकपटक दोहो¥याए । उनले सभामुख सापकोटाको भूमिका प्रतिनिधिसभाको नेतृत्वको रुपमा दुःखद् रहेको प्रतिक्रिया समेत दिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘यो संसदलाई प्रभावकारी बनाउने कुरामा विभिन्न किसिमका समस्याहरु देखा परेको छन् यसबीचमा । वास्तवमा जननिर्वाचित प्रतिनिधिमूलक संस्थाले प्रभावकारी ढंगले भूमिका खेल्नुपर्ने त्यो खालको भूमिका रहेन । र, यस पछाडिको कारण के हो ? भन्दा यो प्रतिनिधिसभालाई नेतृत्व गर्ने पात्रहरुको भूमिका धेरै महत्वपूर्ण हुन्छ । सरकारले संसदलाई विजनेश दिने हो । सरकार कस्तो रह्यो ? त्यसले के बिजनेश दियो ? र, प्राप्त भएको ती बिजनेशहरुलाई सभालाई नेतृत्व गर्ने व्यक्तिले कसरी अगाडि बढाउनु हुन्छ ? त्यसमा निर्भर हुन्छ ।’

प्रतिक्रिया दिनुहोस