मोरङ । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् ।
जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते जबरजस्ती करणी मुद्दामा उनलाई १३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ