काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको निधन भएको छ । घिमिरको बिहीबार राति सवा आठ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए । वि।सं। २०२५ सालमा जन्मिएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनको आजै अपरान्ह एक बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
साथै, उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो सातै प्रदेश सभापति र मुख्यमन्त्रीको संयुक्त बैठक
काँग्रेसको आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै
लेखा समितिको सभापति कांग्रेसलाई
काँग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा
कांग्रेस अनुशासन समितिले पूर्णबहादुरलाई गर्ला त कारवाही सिफारिस ?
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै