काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअघि लालपूर्जा वितरण नगर्न निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । बिहीबार निर्वाचन आयोगले पत्र लेखेरै उक्त कार्य निर्वाचनअघि रोक्न निर्देशन दिएको हो ।
लालपूर्जा वितरणको कार्य रोकेर दुई दिनभित्र निर्वाचन आयोगलाई जानाकरी दिन पनि निर्देशन दिएको छ । निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्नका लागि तत्काललाई लालपूर्जा वितरण गर्ने कार्य रोक्ने निर्णय गरेको आयोगले जनाएको छ ।
यसैगरी सरकारी खर्चमा वैदेशिक भ्रमण नगर्न पनि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आयोगले निर्देशन दिएको छ । वैदेशिक भ्रमण गर्नैपरे आयोजक र प्रायोजकले खर्च व्यहोर्ने गरीमात्र वैदेशिक यात्रा गर्न आयोगको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने