हिमालको रक्षा भए मात्रै डेढ अर्ब मानिसलाई पुग्ने पानीको सुरक्षा हुन्छ : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १९ : २४
हिमालको रक्षा भए मात्रै डेढ अर्ब मानिसलाई पुग्ने पानीको सुरक्षा हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भएमा मात्रै विश्वका डेढ अर्ब मानिसका लागि आवश्यक खानेपानीको पानीको सुरक्षा हुने बताएका छन् ।

बुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीको बैठकमा नेपालका तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । दोस्रो हरित जलवायु कोष, ग्लोबल प्रोग्रामिङ सम्मेलन अन्तर्गत बुधबार एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको विशेष बैठक भएको थियो । बैठकमा बोल्दै उनले अत्यावश्यकतालाई ध्यानमा राख्दै नेपाल सरकारले चालु आर्थिक वर्षमा हरित ऊर्जाका लागि १०० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनका अनुसार निजी क्षेत्रका लगानीकर्ताले पनि यो प्रवृत्तिलाई पछ्याइरहेका छन् ।

उक्त बैठकमा बोल्दै मन्त्री शर्माले जलवायु परिवर्तनको प्रभावकारी न्यूनीकरण र निजी क्षेत्रको लगानी परिचालन गर्न अन्तर्राष्ट्रिय सहयोग पनि आवश्यक पर्ने कुरामा जोड दिए । नेपाली निजी बैंकहरूले पनि साझेदारीका लागि जीसीएफलाई सम्पर्क गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस