राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणिकरण

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १४ : ४२
राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका छ वटा विधेयक प्रमाणिकरण गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९, तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको सपथ व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेकी जानकारी गराएका हुन् ।

संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति भण्डारी समक्ष पठाइएको ती विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण गरिएको राष्ट्रपति कार्यालयले पठाएको पत्रमा उल्लेख गरिएको पनि सभामुख सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस