मिसेस टुरिजममा नेपालको प्रतिनिधित्व मुदिताले गर्ने

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १२ : ०१
मिसेस टुरिजममा नेपालको प्रतिनिधित्व मुदिताले गर्ने

काठमाडौं । थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टुरिजम’ मा नेपालको प्रतिनिधित्व मुदिता तुलाधरले गर्ने भएकी छन् । ‘मिसेस टुरिजम’ को लागि नेपाली आधिकारी संस्था इ प्लानेटले काठमाडौंमा एक कार्यक्रमकाबीच तुलाधरलाई ‘मिसेन टुरिजम नेपाल २०२२’ को क्राउन पहिर्‍याउँदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो ।

तुलाधरलाई सन् २०१९ की ‘मिसेस युनिभर्स नेपाल’ अनिला श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । काठमाडौं निवासी दुई सन्तानकी आमा तुलाधारले क्राउनले आफुलाई जिम्मबेवारी थपिएको महसुस भएको बताइन् ।

उनी सेप्टेम्बर २३ मा नेपालबाट थाइल्याण्ड प्रस्थान गर्नेछिन् । विदेशी आगन्तुक तथा लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने र राष्ट्रियताको भावना अभिवृद्धि गर्ने उदेश्यका साथ ‘मिसेस टुरिजम’ को फ्रेन्चाई नेपालमा भित्र्याएको आयोजक ई प्लानेट नेपालका सन्तोष सापकोटाले बताए । ग्रिन आर्टस मिडियाले म्यानेजमेन्ट गरेको प्रतियोगितामा नेपा डान्स एकडेमीको सहयोग रहेको थियो ।

क्राउनिङ कार्यक्रममा रोजिन शाक्य (इन्टरनेसनल कोरियोग्राफर), मिसेस रोहिया महरजन (इन्टरनेसन डान्स कोरियाग्राफर), मिसेस परी परिन्दा श्रेष्ठ (मिसेस हेरिटेज नेपाल २०२२), प्रविन लाकौल  (सिईओ–ग्रिन आट्स मिडिया) लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस