फिल्म ‘पिएस -१’ ले रिलिज अगावै आधा लगानी उठायो

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १४ : ४९
फिल्म ‘पिएस -१’ ले रिलिज अगावै आधा लगानी उठायो

एजेन्सी । ५ सय करोडको लगानीमा बनेको दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेल्भन’ (पिएस -१)ले रिलिज अगाडी नै आधा लगानी उठाइसकेको छ । निर्देशक मणि रत्नमको यो फिल्म को फर्स्टलुक पोस्टर सार्वजनिक भएदेखि नै फिल्मलाई लिएर प्रतिक्षासँगै भारतीय दर्शकको उत्सुकता बढेको छ । भारतीय सञ्चार माध्यामका अनुसार यो दक्षिण भारतको ठूलो बजेटमा बनेको फिल्म हो । फिल्म सन् १९५५ को कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेल्वान’ मा आधारित छ ।

यस फिल्मको अमेजन प्राइम भिडियोले ओटीटी राइट्स १ सय २५ करोडमा खरिद गरेको छ । जुन फिल्मका लागि निकै महंगोमा विक्री भएको मानिएको छ । फिल्मको बजेटको हिसाबले ओटीटीमा ठूलो मूल्यमा फिल्म विक्री भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो फिल्ममा चियान विक्रम, ऐश्वर्या राय बच्चन, त्रिशा, जयम रवि र कार्थी मुख्य भूमिकामा छन् भने प्रकाश राज, शोभिता धुलिपाला, ऐश्वर्या लक्ष्मी, प्रभु, जयराम र लाल कलाकारहरु सहायक भूमिकामा छन् ।

फिल्म आगामी ३० सेप्टेम्बरमा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस