यु-१७ मा नेपाल र श्रीलंका भिड्दै

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, ०९ : ५७
यु-१७ मा नेपाल र श्रीलंका भिड्दै

काठमाडौँ । श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज ‍घरेलु टोलीको सामना गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले सोमबार राति ८ः१५ बजे श्रीलंकाको सामना गर्न लागेको हो।

नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ। श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ। खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ। फाइनल खेल बुधबार हुनेछ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले २ खेलमा ६ अंक जोडेको थियो। नेपालले पहिलो खेलमा भुटानलाई २(१ ले हराएको थियो भने दोस्रो खेलमा नेपालले भारतलाई ३(१ गोल अन्तरले हराएको थियो।

प्रतिक्रिया दिनुहोस