काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले युवाहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने बताएका छन् ।
सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु होस् भनी केही युवाहरू सडकमा उत्रिएका देख्दा उदेक लागेको समेत बताएका छन् ।
उनले लेखेका छन्,'विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु होस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ । युवाहरु राजनीतिक स्वार्थको गोटी बन्नु हुँदैन ।'
अध्यक्ष थापाले प्रत्येक नेपालीले नागरिकता पाउनुपर्ने समेत बताएका छन् । उनले भनेका छन्,'प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ। जन्मसिद्ध नागरिकका सन्तानले सहज रुपमा नागरिकता पाउनुपर्छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ भदौ २०७९, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा