काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले युवाहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने बताएका छन् ।
सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु होस् भनी केही युवाहरू सडकमा उत्रिएका देख्दा उदेक लागेको समेत बताएका छन् ।
उनले लेखेका छन्,'विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु होस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ । युवाहरु राजनीतिक स्वार्थको गोटी बन्नु हुँदैन ।'
अध्यक्ष थापाले प्रत्येक नेपालीले नागरिकता पाउनुपर्ने समेत बताएका छन् । उनले भनेका छन्,'प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ। जन्मसिद्ध नागरिकका सन्तानले सहज रुपमा नागरिकता पाउनुपर्छ ।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ भदौ २०७९, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ