सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

सफल खबर संवाददाता

आइतबार, २६ भदौ २०७९, १४ : १६
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौं । सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक पुनः बिनानिष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुनस बस्ने नेताहरूले बताएका छन् ।

भोलि फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रुप दिने कुरा भएको एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘अझै पनि धेरै कुराहरू मिलाउन बाँकी छन् । त्यसबारे आज सहमति हुन सकेन । भोलि फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रुप दिने कुरा भएको छ ।’ खनालले भने । 

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस