सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १९ : ०४
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँट टुङ्ग्याउन छलफलमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

आगामी निर्वाचनमा जाँदा कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् ।सिट बाँडफाँट टुङ्ग्याउन गठन भएको कार्यदलले अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि शीर्ष नेताहरू पछिल्ला दिनमा निरन्तर छलफलमा जुटिरहेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा तालमेल गर्ने सहमति गरेअनुसार सिटको भागबण्डा मिलाउन सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको थियो । 

कार्यदलले दर्जनौँ पटक छलफल गरे तापनि सिट बाँडफाँटका नटुङ्गिएपछि अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो । 

प्रतिक्रिया दिनुहोस