काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अधोगतितिर लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले आगामी मंसिर ४ गतेको संसदीय निर्वाचनले देशको भाग्य र भविष्य समेत फैसला गर्ने बताएका छन् ।
आज (शनिबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सत्ता गठबन्धनले अति गर्न थालेको र देश भयावह अवस्थामा रहेको बताए । उनले भने, ‘अहिले देश भयावह स्थितिमा छ । हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने देश बर्बाद हुन्छ। आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन हैन, यसले देशको भाग्य र भविष्य फैसला गर्नेछ ।’
अहिले सत्ता र शक्तिका लागि जेसुकै गर्न पनि पछि नपर्ने गठबन्धनका नेताहरुका कारण देश बर्बाद हुनसक्ने उनको भनाइ थियो । ‘गठबन्धनले जे गरे पनि हुने, जे पनि गर्न पाउने भएको छ । अति हुन थालेको छ, अति भनेको यस्तो पो हुने रहेछ । सरुवा, बढुवा, नियुक्ति, लाइसेन्स जेमा पनि भ्रष्टाचार हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने