काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अधोगतितिर लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले आगामी मंसिर ४ गतेको संसदीय निर्वाचनले देशको भाग्य र भविष्य समेत फैसला गर्ने बताएका छन् ।
आज (शनिबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सत्ता गठबन्धनले अति गर्न थालेको र देश भयावह अवस्थामा रहेको बताए । उनले भने, ‘अहिले देश भयावह स्थितिमा छ । हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने देश बर्बाद हुन्छ। आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन हैन, यसले देशको भाग्य र भविष्य फैसला गर्नेछ ।’
अहिले सत्ता र शक्तिका लागि जेसुकै गर्न पनि पछि नपर्ने गठबन्धनका नेताहरुका कारण देश बर्बाद हुनसक्ने उनको भनाइ थियो । ‘गठबन्धनले जे गरे पनि हुने, जे पनि गर्न पाउने भएको छ । अति हुन थालेको छ, अति भनेको यस्तो पो हुने रहेछ । सरुवा, बढुवा, नियुक्ति, लाइसेन्स जेमा पनि भ्रष्टाचार हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन