दार्चुला पहिरोमा परि ५ जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट अस्पताल लगिँदै

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १३ : ००
दार्चुला पहिरोमा परि ५ जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट अस्पताल लगिँदै

काठमाडौं । गएरातीको भीषण वर्षापछि दार्चुलामा गएको बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्वर १ सल्लामा २ जनाको मृत्यु भएको छ भने वडा नम्बर १ मा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नम्बर १ की  ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्की रहेको नौगाढ गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्नाले जानकारी दिए । सो घटनामा परि घाइते भएका ६ जनामध्ये ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट धनगढी पठाइएको छ ।

पहिरोका कारण वडा नम्बर २ मा १५ घर, विद्यालय, पानी घट्ट लगायत पूर्ण रुपमा क्षति भएको उपाध्यक्ष ठगुन्नाले बताए । पहिरोले ती घरका पशु चौपाया, अन्नपात, धनसम्पत्ति केही बाँकी नरहेको उनले बताए । बेपत्ता भएकाहरुको खोजी भइरहेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस