म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

एजेन्सी

शुक्रबार, २४ भदौ २०७९, ०९ : ००
म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

एजेन्सी । युरोपा लिगको समूह चरणको पहिलो खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ ।

बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जितसँगै सोसिडाडले ३ अंक जोडेको छ । बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस