चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, १६ : १८
चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

काठमाडौं । इग्लिस फुटबल क्लब चेल्सीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ। गएराति भएको च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा चेल्सी पराजित हुन पुगेको थियो। साथै पछिल्लो समय चेल्सी खराब प्रदर्शनको सिकार हुँदै आएको थियो।

मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग १–० ले पराजित भएपछि टुचेल बर्खास्तीको जोखिममा रहेका थिए। ४९ वर्षीय टुचेललले यसअघि बौरुसिया डर्टमुन्ड र पिएसजीको टिम समालेका थिए। चेल्सीका मालिक टोड बोहेलीले अर्को व्यवस्था नभएसम्मका लागि टुचेलका स्टाफहरुलाई भने केही समयका लागि टिममा राख्ने छन्। जर्मन प्रशिक्षक टुचेलले २०२०–२१ को सिजनमा चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।

टुचेलको प्रशिक्षणमा चेल्सीले १०० खेल खेल्यो। जसमध्ये चेल्सीले ६० खेलमा जित, २४ खेलमा बराबरी र १६ खेलमा हार ब्यहोरको छ। यो सिजनको इङ्लिस प्रिमियर लिगमा चेल्सी छैटौँ स्थानमा छ। ६ खेलमध्ये चेल्सीले तीन खेलमा जित, दुई खेलमा हार र एक खेल बराबरी खेलेको छ।

प्रतिक्रिया दिनुहोस