विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, १२ : ३५
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । बैतडी, झापा र कास्कीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । बैतडीको पुरचौडी नगरपालिका–६ भूमिराज घर भएका पदम साउदकी ७ वर्षीया छोरी रेश्मी साउद मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 

पुरचौडी नगरपालिका–५ पुवाकोटस्थित मावली घरमा बस्दै आएकी उनी सोही ठाउँस्थित धौलपहिरा खोलामा नुहाउने क्रममा बेपता भएकी थिइन् । खोजी गर्ने क्रममा खोलाबाट करिब ६ किलोमिटर तल उनको शव फेला परेको हो ।  

झापाको मेचीनगर नगरपालिका–१ जिमी गाउँ बस्ने ५० वर्षीय भिम बहादुर तामाङ सोही ठाउँस्थित तिरिङखोलाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१७ महत गौडा स्थित फुस्रे खोलाको बीच भागमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस