काठमाडौं । एक महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स (युएई) मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् ।
गत आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो ।
गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
युएई जाने श्रमिक बढी खर्च र प्रक्रियागत झन्झटमा, यस्तो छ कारण
नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
युएईले दियो क्रिकेट खेलाडीलाई भिसा