एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, १० : २४
एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

काठमाडौं । एक महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स (युएई) मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।  मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् । 

गत आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो । 

गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस