काठमाडौँ । ओमनमा जारी आइसिसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएईलाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । ४७ बलमा ४ चौका र एक छक्का प्रहार गरे।
कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १ र गुल्सन झा १४ रन बनाएर आउट भए । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
नेपाल आयरल्यान्डसँग पराजित
सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल