एजेन्सी । संयुक्त अरब इमिरेटस् (युएई) मा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक दुई महिनादेखि थप आर्थिक भारमा परेका छन् । उनीहरूमा चालचलन प्रमाणपत्र (प्रहरी रिपोर्ट) का बनाउन थप आर्थिक भारसँगै प्रक्रियागत झन्झट थपिएको हो ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि नेपाली श्रमिकलाई युएईले प्रहरी रिपोर्ट अनिवार्य गरेसँगै प्रतिव्यक्ति ३५३.२७ दिराम (१४ हजार १२८ रुपियाँ) थप आर्थिक भार थपिएको हो । उनीहरूले कात्तिकदेखि यस्तो समस्या भोग्दै आएका छन् । त्यसअघि युएई प्रवेशका लागि प्रहरी रिपोर्ट अनिवार्य थिएन ।
नेपाली श्रमिकलक्षित भएको गलत अभ्यासमा नेपाल सरकार मौन बसेको भन्दै वैदेशिक रोजगार व्यवसायीले गुनासो गर्दै आएका छन् । उनीहरूले थप आर्थिक भार वहन गरेर तीन महिना मात्रै मान्य हुने प्रहरी रिपोर्ट लिन १५ दिन कुर्नुपर्ने झन्झटिलो प्रक्रिया खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले सरकारले श्रमिकको पक्षमा उभिएर कूटनीतिक पहल गर्न नसक्दा युएई जाने युवाले थप आर्थिक भारसँगै प्रक्रियागत झन्झट खेप्नु परेको बताए ।
युएई सरकारले नेपाली श्रमिकमाथि गरेको अपमानजनक र अव्यावहारिक व्यवस्था खारेज गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा उनले जोड दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ माघ २०८२, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
युएईले दियो क्रिकेट खेलाडीलाई भिसा