च्याम्पियन्स लिगको पहिलो खेलमै हार्यो चेल्सी

एजेन्सी

बुधबार, २२ भदौ २०७९, ०८ : १५
च्याम्पियन्स लिगको पहिलो खेलमै हार्यो चेल्सी

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमै क्रोएसिया डिनामो जाग्रेबसँग १-० गोल अन्तरले  पराजित छ ।

मंगलबार राति भएको खेलमा जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले निर्णायक गोल गरे । ओरिसिचले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । 

जितसँगै समूह ई को जाग्रेबले पहिलो खेलमै ३ अंक जोडेको छ । पराजित चेल्सीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

प्रतिक्रिया दिनुहोस